Logo

‘ए’ डिभिजन लिगः आज तिन खेल हुँदै, पहिलो खेलमा शीर्ष स्थानको मछिन्द्र र पुछारको फ्रेन्ड्स भिड्ने



काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछन् ।

लिगको आठौं चरण चलिरहदा आज दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुने एन्फाले जनाएको छ ।

पहिलो खेलमा आज मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

१७ अंकका साथ शीर्ष स्थान रहेको मछिन्द्र आज फ्रेन्ड्सलाई हराउदै दोस्रो स्थानमा रहेको मनाङसँगको दुरी बढाउन चाहन्छ ।

यस्तै, तालिकाको पुछारमा रहेको फ्रेन्ड्सपनि आज जित निकाल्न चाहन्छ ।

यस्तै, मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच खेल आज पोखरा रंगशालामा हुनेछ । मनाङ र च्यासलबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।

मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। च्यासल ७ खेलमा ५ अंक जोडेर लिगको १३औं स्थानमा रहेको छ ।

साथै, आजको तेस्रो खेल दशरथ रंगशालामा हुनेछ । दोस्रो अर्थात अन्तिम खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीचको खेल ४ः४५ बजे सुरु हुनेछ।

आर्मी ११ अंकका साथ चौंथो स्थानमा छ भने एनआरटी ७ खेलमा १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot