Logo

प्रचण्डका स्वकीय सचिव मल्ल कोरोना संक्रमित



काठमाडौँ, २४ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। हिजो (शुक्रबार) बेलुका एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले फेसबुकमार्फत जानकारी दिएका हुन्।

फेसबुकमा उनले लेखेका छन्, ‘हिजो बेलुकी एन्टिजेन र पीसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ। यो बीचमा सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनु हुनेछ।’-Photo Source: Facebook page/Ramesh Malla



प्रतिक्रिया दिनुहोस्

Screenshot