Logo

मछिन्द्र शीर्ष स्थानमा यथावत



काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।

दशरथ रंगशालामा आज भएको पहिलो खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने फ्रेन्ड्सका लागी दुर्भाय बन्न पुग्यो ।

खेलको ६६औं मिनेटमा रोनेल पलले आत्मघाति गोल गरेका थिए । जुन गोल मछिन्द्रका लागि विजयी गोल बन्न पुग्यो ।

यस जितसँगै मछिन्द्रले शीर्ष स्थानमा यथावत रहदै चार अंकको अग्रता बनाएको छ ।

फ्रेन्ड्स ३ अंकका साथ पुछारमै यथावत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्