ओलावालेको ह्याट्रिकमा मनाङको फराकिलो जित


काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फराकिलो जित निकालेको छ ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५–० गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४३औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए ।

खेलको ८६औं मिनेटमा दिनेश राजवंशीले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयको ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–० को जित दिलाएका थिए ।

व्यक्तिगत दोस्रो गोल गरे लगतै ओलावालेले ह्याट्रिक पूरा गर्दै मनाङलाई ५–० को जित दिलाए ।

यस जितसँगै मनाङ ८ खेलमा १९ अंकका साथ दोस्रो स्थानमा यथावत रहदै शीर्ष स्थानको मछिन्द्रलाई पछ्याइरहेको छ ।

च्यासलले ५ अंकका साथ १३ औं स्थानमा रहेको छ ।