Logo

कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा काठेखोलामा



काठमाडौं, २५ पुस । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडले मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका,वडा नं ५ बिहुँपोखरामा पुस २४ गतेदेखि संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित बैंकिङ्ग सेवा वडा नं ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथशर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्