Logo

घरेलु मैदानमा चेल्सीको सहज जित



काठमाडौं, २५ पुस । एफए कप फुटबलमा चेल्सीले चेस्टरफिल्डमाथि सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५–१ गोल अन्तरले हराएको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमा टिमो वेर्नेरको गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १८औं मिनेटमा कलुम हुडसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि रोमेलु लुकाकुले गोल गर्दै टिमको अग्रता तेब्बर बनाएका थिए ।

साथै, ३९औं मिनेटमा आन्द्रेअस क्रिस्टेनसनले गोल गर्दै चेल्सीको अग्रता ४–० को बनाए ।

खेलको ५५औं मिनेटमा हाकिम जीएचले पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई ५–० को अवस्थामा पुर्याएका थिए ।

खेलको ८०औं मिनेटमा चेस्टरफिल्डका अकव्सी एसन्टेले गोल गर्दै खेललाई ५–१ को स्थितिमा पुर्याएका थिए ।

यस जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्