Logo

बाघको छालासहित ४ जना पक्राउ



दाङ, २५ पुस। लमही नगरपालिका-३ टिक्लिगढबाट बाघको जस्तो देखिने १ थान छालासहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने घोराही उपमहानगरपालिका-१३ घर भएकी ४२ वर्षीया झरना थापा भन्ने धनसरी रेश्मी थापा, उनका श्रीमान् ४५ वर्षीय शंकर भन्ने खेमराज गिरी, लमही नगरपालिका-१ नर्ति बस्ने ६३ वर्षीय गीर बहादुर बिक र सोही नगरपालिका-२ बरुवा गाउँ बस्ने २८ वर्षीय आशा कुमार चौधरी रहेका छन् ।

धनसरीको कोठामा बाघको जस्तो देखिने छालाको किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय लुम्बिनी र वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्