काठमाडौं, २५ पुस । वेस्ट इन्डिजले आयरल्यान्डविरुद्धको तीन खेलको एकदिवसिय क्रिकेट सिरिजमा १–० को अग्रता बनाएको छ ।
वेस्ट इन्डिजको घरेलु मैदानमा भएको खेलमा आयरल्यान्डलाई २४ रनले पराजित गर्दै वेस्ट इन्डिजले अग्रता बनाएको हो ।
२ सय ७० रनको लक्ष्य पछ्याएको आरयल्यान्ड अन्तिम ५ बल बाँकी छदा अलआउट हुदै २ सय ४५ रन मात्र जोड्न सक्यो ।
कप्तान एन्डी बालविर्नीले सर्वाधिक ७१ रन जोडे भने ह्यारी टेक्टरले ५३ रन बनाएका थिए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र रोमारियो सेफर्डले समान तीन–तीन विकेट हात पारेका थिए ।
साथै, ओडियन स्मिथले २ विकेट लिए भने जासन होल्डर र अकियल होसेनले समान एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय ६९ रन जोडेको थियो ।
वेस्ट इन्डिजका लागि सामरह ब्रुक्सले सर्वाधिक ९३ रन जोड्न सफल भए । साथै, कप्तान काइरन पोलार्डले ६९ रनको अर्धसतकिय पारि खेले ।
आयरल्यान्डका मार्क अडायर र क्रेग योंगले समान तीन–तीन विकेट हार पारेका थिए ।




प्रतिक्रिया