Logo

उपत्यकाका यी स्थानमा कोरोनाविरुद्धको खोप बालबालिकालाई दिइँदै



काठमाडौं, २५ पुस । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम उपत्यकामा सञ्चालन भइरहेको छ ।
गत शुक्रबारदेखि भक्तपुरमा मोर्डना खोप दिन सुरु गरिएको छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने स्वास्थ्य विभागले जनाएको छ ।

भक्तपुरमा पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेको छन् ।

काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइने र विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका बालबालिकाले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउने विभागको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot