Logo

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दै



काठमाडौं, २५ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आयोगको कार्यतालिकाअनुसार उम्मेदवारको नामावली प्रकाशन गर्न लागिएको हो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । राष्ट्रियसभा निर्वाचनमा आयोगका अनुसार १९ पदका लागि ४३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाइएको छ । राष्ट्रियसभा सदस्यका हुन गइरहेको निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot