Logo

ज्याकलिनको त्यो गोप्य तस्बिर बाहिरिएपछि…



एजेन्सी, २५ पुस। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । भारतीय मिडियामा उनको व्यक्तगत तस्बिरहरु सार्वजनिक हुन थालेपछि उनले शनिबार विज्ञप्ति नै जारी गरेकी छिन् ।

ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’

उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छिन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’ सुकेशबाट करोडौंको गिफ्ट पाएको भन्दै उनी विवादमा तानिएका थिइन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot