Logo

बसन्त बस्नेतको ‘महाभारा’ सार्वजनिक



काठमाडौँ, २५ पुस । पत्रकार एवम् लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक गरिएको छ ।

हिजो (शनिबार) काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा एक कार्यक्रमको आयोजना गरि बस्नेतकी छोरी अनुदिता बस्नेतले उपन्यास विमोचन गरेकी हुन् ।

कार्यक्रममा लेखक एवम् पत्रकार शिवानीसिंह थारुले पुस्तकका बिभिन्न पाटालाई केलाउदै बस्नेतसँग संवाद गरेकी थिइन् । संवादको क्रममा थारुले नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा सरलरुपमा लेखिनु उपन्यासको सबल पक्ष भएको बताएकि थिइन् ।

यस्तै, लेखक बस्नेतले कोभिडको कारण भएको लकडाउनले आफुलाई उपान्यासकार बनाएको बताएका थिए ।

माहाभारा मेला नाम दिइएको उक्त कार्यक्रममा कवि नबराज पराजुलीले कविता प्रस्तत गरेका थिए ।

साथै, रिदम कँडेल, लोचन रिजाल र झुमा लिम्बूले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए ।

‘महाभारा’ पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने रोचक संवाद हुनुका साथै प्रेम, राजनीति र धर्मको द्वन्दमा रचिएको सुन्दर पुस्तक भएको कार्यक्रमका वत्ताहरुले उल्लेख गरेका थिए ।

‘पुस्तकको प्रकाशक फाइनप्रिन्टले गरेको हो ।



प्रतिक्रिया दिनुहोस्