होबार्टको जितमा सन्दीपले लिए दुई विकेट


काठमाडौं, २५ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग टी–२० क्रिकेटमा ब्रिसबेनमाथि जित निकालेको छ ।

शनिबार भएको खेलमा होबार्टले ब्रिसबेन हिटलाई ८ विकेटले पराजित गरेको हो ।

ब्रिसबेनले दिएको १ सय ४५ रनको लक्ष्य होबार्टले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

होबार्टको जितमा बेन म्याकडेरमोटले सर्वाधिक ९३ रनको योगदान गरेका थिए । यस्तै, कप्तान पिटर ह्यान्ड्सकम्पले २७ र डी आर्ची शर्ट १२ रनमा अविजित रहे ।
ब्रिसबेनका लागि विल प्रेस्टविजले २ विकेट हात पारे ।

यस अघि पहिले ब्याटिङ गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।

ब्रिसबेनका लागि डेसमोन्ड फेफरले सर्वाधिक ६९ रनको जोडे भने विल प्रेस्टविजले २१ रन बनाए ।

होबार्टका लागि सन्दीपले २ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २३ रनमात्र खर्चिए ।

यस जितसँगै होबार्ट २० अंक जोड्दै चौंथो स्थानमा रहेको छ भने ब्रिसबेन १५ अंकका साथ पाँचौं स्थानमा छ ।