Logo

“सबै नेता हिन्दी सिनेमाका कादर खान र शक्ति कपुरजस्ता छैनन्” : मनीष सुमन



काठमाडौं, २५ पुस। जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले बाहिर चर्चा भएजस्ताे सबै नेता भ्रष्टाचारी नभएकाे बताएका छन्।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “सबै नेता हिन्दी सिनेमाका कादर खान र शक्ति कपुरजस्ता छैनन्। यसकाे मतलब सबै नेता ठीक छन् भन्ने हाेइन। तर सबै नेता चाेर र भ्रष्ट पनि छैनन्। म त सांसद छु तर कैयाैं नेताहरूले राजकीय जिम्मेवारी पाउनुभएकाे छैन। उहाँहरू निकै इमानदार हुनुहुन्छ। उहाँहरूलाई कसरी भ्रष्टाचारी भन्ने?”

नेता सुमनले जनता जागरुक भएकाले अब पहिले जस्ताे आर्थिक उल्लङ्घन हुन नसक्ने पनि दाबी गरे। उनले भने, “अहिले नारायणहिटी संग्रहालय प्रकरणमा मन्त्री प्रेमबहादुर आलेले स्याबासी पाउनुभएकाे छ। जनता जागरुक छन्। सामाजिक सञ्जाल सक्रिय छ। मिडिया पनि प्रशस्त छन्। तर नेतालाई भ्रष्टका थेगाे बनाउनु अन्याय हाे। कुनै शिक्षकले बलात्कार गर्याे भन्दैमा सबै शिक्षकलाई बलात्कारी भन्न मिल्दैन।”



प्रतिक्रिया दिनुहोस्