Logo

भारतमा एकै दिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए



एजेन्सी, २५ पौष । भारतमा एकैदिन डेढ लाख कोरोना भाइरसको संक्रमित भएका छन् । निरन्तर दुई दिन डेढ लाखभन्दा बढी संक्रमित भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले १ लाख ५९ हजार ६ सय ३२ लाई कोरोना संक्रमण भएको जनाएको छ । नयाँ प्रजातिको ओमिक्रन ३६ सय २३ लाई भएको छ ।

भारतमा लकडाउनको तयारीबारे चर्चा चलेको छ । यद्यपि, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले लकडाउन गर्ने सोच अहिलेसम्म नबनाएको बताएका छन् ।

भारतको दिल्ली र मुम्बईमा कोरोना संक्रमण ह्वात्तै बढ्ने अनुमानहरु गरिएका छन् । जनवरीको मध्यसम्ममा संक्रमण निकै बढ्ने अनुमानहरु भइरहेका छन् ।

कोरोना भाइरसको तेस्रो लहर आएको भन्दै भारतमा सतर्कता बनाइएको छ । त्यहाँ भ्याक्सिनमा जोड दिन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot