Logo

‘गेटवे टु हेल’ अर्थात् नर्कको ढोका’ बन्द गर्ने योजनामा तुर्कमेनिस्तान



एजेन्सी, २५ पुस। तुर्कमेनिस्तानमा ‘नर्कको द्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। २२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको देख्न सकिन्छ। जसलाई वैज्ञानिकहरुले ‘गेटवे टु हेल’ अर्थात् नर्कको प्रवेशद्वार भनेर नामाकरण गरेका थिए।

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोले अधिकारीहरुलाई उक्त खाल्डो बन्द गरिदिन निर्देशन दिएका हुन्। उनले लगातार बलिरहेको आगोलाई निभाउनसमेत भनेका छन्। उनले उक्त खाल्डोबाट निस्किने ग्यासले पर्यावरणीमा प्रभाव पारेको र पैसाको नोक्सानसमेत भएको बताएका छन्। सन् १९७१ देखि लगातार बलिरहेको उक्त खाल्डोलाई तुर्कमेनिस्तानले यसअघि सन् २०१० मा पनि पुर्न आदेश दिएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्