Logo

एमाले काठमाडौं उपत्यकामा को को भए पदाधिकारी चयन ?



काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला अधिवेशन अन्तर्गत काठमाडौं उपत्यकाका सबै जिल्लामा पदाधिकारी चयन भएका छन् । आइतबार काठमाडौं, ललितपुरमा र शनिबार भक्तपुरमा एमालेले पदाधिकारी छनौट गरेको हो । एमालेमा हालसम्म ३८ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

पार्टीको विधानमा जिल्ला कमिटी सदस्य संख्या अधिकतम १५१ र विशेष जिल्ला कमिटीको अधिकतम संख्या ६५ जना हुने व्यवस्था छ ।
काठमाडौं जिल्लाको अध्यक्षमा दीपक निरौला, उपाध्यक्षमा नबराज पराजुली, सचिवमा राजेश शाक्य तथा उपसचिवमा बिन्दु महर्जन र तेज ढकाल चयन भएका छन् ।

त्यस्तै भक्तपुरमा वचन देउजा र ललितपुर एमाले अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत छानिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot