Logo

के तपाईले खोप कार्ड बोक्नु भएको छ ? यी स्थानमा जाँदा खोपकार्ड अनिवार्य



काठमाडौं, २६ पुस । सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ। यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ ।

सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रंगशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ । भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखाएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले जानकारी दिएको छ।

कार्ड विना सार्वजनिक स्थलहरुमा रोक लगाइने भएसँगै खोप अभियानलाई तिव्रता दिने तयारी समेत भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot