Logo

काठमाडौंलगायत यी जिल्लामा किन बढे कोराना संक्रमित ?



काठमाडौं, २६ पुस । पछिल्लो २४ घन्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंसँगै पाँच जिल्लामा कोरोना भाइरसको उच्च संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय मथ्थर हुँदै गएको कोरोना संक्रमणदर फेरी बृद्धि भएको हो । आइतबार देशभर थपिएका संक्रमितमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ र कास्कीमा ६९० जना रहेका छन् ।

काठमाडौंमा ४९१, ललितपुरमा ९९, भक्तपुरमा २५, मोरङमा ५१, रुपन्देहीमा ११ जनामा र कास्कीमा २४ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या पनि बृद्धि भएको छ । आइतबारसम्ममा देशभर ६ हजार ७५५ संक्रमितको संख्या पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot