Logo

एमाले चितवनको जिल्ला अधिवेशन स्थगित



काठमाडौँ, २६ पुस। नेकपा एमाले चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । सोमबार वर्तमान जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालद्वारा विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सर्वसम्मत नेतृत्व चयनमा सकस परेपछि १ दिन स्थगित गरी सोमबार बन्दसत्र तोकिएको थियो । एमाले चितवनमा नेतृत्वका लागि ४ जना आकांक्षी देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्