Logo

विद्यालयहरुमा पुनः अनलाइन कक्षा सञ्चालनको तयारी



काठमाडौं, २६ पौष । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले विद्यालयहरु बन्दको निर्णय गरेको छ । २७ पौषबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

विद्यालयहरु भौतिक रुपमा बन्द भएपनि कतिपयले अनलाइन कक्षा सञ्चालनको तयारी गरेका छन् । संक्रमणको जोखिम बढेर विद्यालय बन्दको निर्णय लम्बनसक्ने भएकाले अनलाइन कक्षा सञ्चालनमा कतिपय विद्यालयहरु पुगेका हुन् ।

विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्न लागेका हुन् । विगतमा पनि अनलाइन कक्षा सञ्चालन भएका थिए ।

यसैगरी, कोरोना संक्रमणले शिक्षा क्षेत्रमा फेरि ठूलो असर गर्न सक्ने देखिएको छ । विगतमा लकडाउनले शैक्षिक संघसंस्थाहरु धराशायी भएका थिए । कतिपय विद्यालय सधैका लागि बन्द भए । शिक्षकहरु हजारौंका संख्यामा बेरोजगार भए ।



प्रतिक्रिया दिनुहोस्