Logo

संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे: सहमहामन्त्री आङ्देम्बे



ताप्लेजुङ २६ पुस: नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित हुननसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए ।

नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने प्रदेश र स्थानीय तहको विकास निर्माणका कार्यमा समेत अवरोध भइरहेको उल्लेख गरे । यस्तै पछिल्लोपटक देखिएको कोभिडको नयाँ भेरियन्ट नियन्त्रण तथा व्यवस्थापनका लागि समेत संसद् अवरुद्ध हुँदा कठिनाई सिर्जना हुने अवस्था निम्तिएको उनको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्