Logo

चीनको तियानजिन शहरमा लकडाउन



एजेन्सी, २६ पौष । चीनको तियानजिन शहरमा कोरोना भाइरस फैलिएपछि लकडाउन गरिएको छ । बस र रेल सेवा स्थगित गरिएको छ । मानिसहरुलाई शहर छाड्न प्रतिबन्ध लगाइएको छ । दुई हप्तासम्म लकाउन गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तियानजिनमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि अझ फैलन नदिन कडाई गरिएको छ । मास्क अनिवार्य गरिएको छ ।

तियानजिनमा कतिपय क्षेत्रमा मानिसहरुलाई घरबाट बाहिर निस्कन बन्देज गरिएको छ । कतिपयमा एक परिवारबाट अर्को परिवारसम्म जान र दैनिक उपभोग्य सामाग्री खरिद गर्न मात्र छूट दिइएको छ ।

चीनमा कोरोना भाइरससँग जुध्न निकै कडाई गरिएको छ । यसअघि पनि चीनले कडाई गरेर संक्रमण फैलन रोकेको थियो ।

चीनमा यसै वर्ष हुने हिउँदे ओलम्पिक नजिकिदैछ । कोरोना भाइरस फैलिएमा ओलम्पिकलाई असर गर्ने खतरा रहन्छ । यसकारण पनि चीनले कडाईका साथ संक्रमण फैलनबाट रोक्ने उपाय अबलम्बन गर्दै आएको छ ।

चीनको सियान र युजहु शहरमा पनि दुई हप्तायता लकडाउन छ ।



प्रतिक्रिया दिनुहोस्