Logo

प्रकाशमान सिंहको धार्मिक सक्रियता



काठमाडौं, २६ पौष । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले धार्मिक सक्रियता बढाएका छन् । उनले आज विहानै श्री ऊँ अम्बे जय माताश्रीबाट आर्शिवाद लिएका छन् । आर्शिवाद लिन उनी पत्नी सृजना सिंहसँगै पुगेका थिए ।

काँग्रेस सभापतिमा पराजित भएपछि सिंह आध्यात्मिक चिन्तनमा समेत लागेको बुझिएको छ । उनले विभिन्न शक्तिपीठको दर्शन गर्ने तयारी गरेको निकट स्रोतले बताएको छ ।

काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई साथ दिएपछि सिंहको सामाजिक सञ्जालमा आलोचना भएको थियो । उनले धार्मिक गतिविधि बढाएपछि फेरि चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्