Logo

टेनिस स्टार जोकोभिकले अष्ट्रेलियन ओपन खेल्ने



एजेन्सी, २६ पौष । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । उनले मौनता तोड्दै आफू अष्ट्रेलियामा रहेर अष्ट्रेलियन ओपन खेल्ने बताएका हुन् ।

जोकोभिकले ट्वीट गर्दै न्यायाधीशले आफ्नो भीसा रद्दको निर्णय उल्टाउने आदेश दिएकोमा खुशी व्यक्त गरे । यी घटनाका बाबजुद आफू अष्ट्रेलियन ओपनमा केन्द्रित रहेको बताए । आफू खेल्नकै लागि अष्ट्रेलिया आएको समेत उल्लेख गरे ।

अष्ट्रेलियाको अदालतले विश्व जोकोभिकलाई आजै रिहा गर्न आदेश दिएको थियो । उनलाई नियन्त्रणबाट तत्काल मुक्त गर्न आदेश दिएपछि पहिलोपटक सार्वजनिक रुपमा भनाई राखेका छन् ।

३४ वर्षीय जोकोभिक अष्ट्रेलियाको अध्यागमनको नियन्त्रणमा थिए । अष्ट्रेलियन ओपन टेनिस खेल्न त्यहाँ पुगेका हुन् । भ्याक्सिन नलगाएकाले उनीमाथि अष्ट्रेलियाको कानुन उल्लंघनको आरोप लगाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot