Logo

प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै



काठमाण्डौ, पुस २७ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुनेछन भने मुलपानी मैदानमा दुई वटा खेल हुनेछन्।

त्रिवि मैदानमा हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्। सोमबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई र पुलिसले सुदूरपश्चिमलाई हराएको थियो।

यस्तै, त्रिवि मैदानमा हुने दोस्रो खेलमा वाग्मती प्रदेश र एपीएफ क्लब खेल्दैछन्। वाग्मतीले सोमबारको खेलमा लुम्बिनीलाई र एपीएफले प्रदेश–२ लाई हराएको थियो। काठमाण्डौको मूलपानी मैदानमा हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली तथा दोस्रो खेलमा प्रदेश–२ र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot