Logo

पीएम कपमा आज चार खेल हुँदै, पहिलो खेलमा आर्मी र एपीएफ भिड्दै



काठमाडौं, २७ पुस । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज (मंगलबार) चार खेल हुँदैछन् ।

मंगलबार टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने क्यानले जनाएको छ ।

टियु मैदानमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । आर्मीले दिएको १३८ रनको लक्ष्य एपीएफले पछ्याइरहेको छ ।

साथै, दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

मुलपानीमा हुने पहिलो खेल अर्थात आजको तेस्रो खेलमा प्रदेश(१ र कर्णाली प्रदेश भिड्ने छन् ।

साथै, अन्तिम खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्

Screenshot