Logo

भारतमा एकैदिन १ लाख ६७ हजार कोरोना संक्रमित थप



एजेन्सी, २७ पुस । भारतमा कोरोना महामारीको तेस्रो लहरमा ११ दिनभित्रै देशमा सक्रिय संक्रमितको संख्या १ लाखबाट ८ लाख पुगेको छ । सोमबार, लगातार पाँचौं दिन १ लाख भन्दा बढी केसहरू रिपोर्ट गरियो । तर, आइतबारको तुलनामा सोमबार करिब १२ हजार कम संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशमा १ लाख ६७ हजार ५५० नयाँ संक्रमित भेटिएका छन् । यसअघि आइतबार १ लाख ७९ हजार केस फेला परेका थिए। अहिले देशमा जम्मा ८ लाख १५ हजार ४६ सक्रिय संक्रमितको संख्या रहेको छ।

सोमबार ६९ हजार ७९८ निको भएका छन् भने २७७ जनाको मृत्यु भएको छ । राम्रो कुरा यो हो कि सबैभन्दा चिन्ताको विषय बनेको महाराष्ट्र, दिल्ली र पश्चिम बंगालमा सोमबार नयाँ केसको संख्यामा पनि कमी आएको छ तर उत्तर प्रदेशको चुनावी राज्यमा भने नयाँ मामिलाहरु बढ्दै गएका छन्।

दिल्लीमा कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गर्ने भएका छन् । जसमा राजधानीको कोरोनाको अवस्थाको समीक्षा हुनेछ । दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा दिल्लीमा कडाईका विषयमा ठूलो निर्णय हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot