प्रधानमन्त्री कपः पुलिससँग आर्मी ४ विकेटले पराजित


काठमाडौं, २७ पुस । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।

टस जितेको पुलिसले आर्मीलाई ब्याटिङको निम्तो दिएको थियो ।

आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रनको योगदान दिए ।

यस्तै, रासिद खानले २८ रन बनाए भने दिलिप नाथले अविजित रहदै २५ रन जोडेको थिए ।

आर्मीका लागि साहाव आलमले सर्वाधिक तीन विकेट लिएका थिए ।

साथै, जितेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन जोडे भने सोमपाल कामीले ४२ रनको बनाएका थिए ।

पुलिसका लागि करण केसीले सर्वाधिक चार विकेट लिएका थिए ।

यस्तै, गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई–दुई विकेट लिएभने आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।