Logo

पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगे



काठमाडौँ, २७ पुस। पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर धुमधामका साथ् मनाइँदै छ। ३०० औं पृथ्वी जयन्तीको अवसरमा आज देशभरि विभिन्न कार्यक्रमहरु भैरहेको छ । जन्मजयन्ती अवसरमा आज पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगेका थिए । यो घटना नेपालको इतिहासमा पहिलो पटक घटेको हो।

पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उनी पहिलोपटक सिंहदरबार गएका थिए । शाहका संवाद सचिव फणिराज पाठकले यो वर्ष पृथ्वीनारायणको ३०० औं जन्मजयन्ती भएकाले पूर्वराजा ज्ञानेन्द्र सालिकमा माल्यार्पण गर्न सिंहदरबार गएको बताएका थिए । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गरिसकेकी छिन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।-तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot