Logo

राजेन्द्र लिङदेनको प्रश्न-‘नेपाल नभएको भए शेरबहादुर कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’



काठमाडौँ, २७ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायाण शाहले नेपाल एकीकरण नगरदिएको भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा कुन देशको राष्ट्रपति र प्रधानमन्त्री हुन्थे भनेर प्रश्न गरेका छन्। सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका लिङ्देनले राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेका हुन्।

उनले नेपाल एकीकरण गर्ने व्यक्तिको बारेमा सरकारले उचित सम्मान दिन नसकेको बताए।उनले नेपालको राष्ट्रपति र प्रधानमन्त्री चाहिँ हुने, तर त्यही नेपाल एकीकृत बनाउने पृथ्वी नाराणप्रति भने सम्मान नगर्ने कार्य गलत भएको टिप्पणी गरे। पृथ्वी नारायणको जन्मदिनमा आज विदा नदिएकोमा सरकारप्रति आक्रोश व्यक्त गर्दै लिङदेनले सडकबाटै दबाब दिएर राष्ट्रिय पर्वको रुपमा मनाउन बाध्य बनाउने दाबी गरेका छन्।



प्रतिक्रिया दिनुहोस्