Logo

कोरोना संक्रमणदर बढ्दै, वाणिज्य तथा आपुर्ति सचिव भट्टराई पनि संक्रमित



काठमाडौं, २७ पुस । पछिल्ला केही दिन यता कोरोना भाइरसको संक्रमणदर तिव्रगतिमा फैलिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शिर्षनेताहरु पनि कोरोना संक्रमित भएका छन् ।

यसैक्रममा आज वाणिज्य तथा आपुर्ति सचिव दिनेश भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा भट्टराईलाई सक्रमण भएको पुष्टि भएको हो । भट्टराईलाई सामान्य लक्षण देखिएको छ । हाल उनी होम आइसोलेसनमा बसेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्