अत्यावश्यक सेवाको कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिने


काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपुर्तिमा कृतिम अभाव सृजना गर्नेलाई कडा कारवाही गरिने भएको छ । बढ्रदै गइरहेको कोरोना भाइरस संक्रमणदर नियन्त्रण तथा रोकथामको लागि उपत्यकाका तीन जिल्लाका सिडियोहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो नियम आज राति १२ बजेदखि लागु हुनेछ ।

कोरोना महामारी जस्तो संकटमा औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपुर्तिमा कृतिम अभाव सृजना गर्ने, मुल्य बृद्धि गर्ने, लुकाउने, सहज आपुर्तिमा अवरोध गर्नेहरुमाथि कानुन बमोजिम कारवाही गर्ने बैठकले निर्णय गरेको हो ।