Logo

सार्वजनिक स्थानहरुमा प्रवेश गर्न खोप कार्ड अनिवार्य (आदेशसहित)



काठमाडौं, २७ पौष । सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयले आदेश जारी गर्दै खोप कार्ड अनिवार्य गरेका हुन् ।

सार्वजनिक स्थानहरु कार्याल्य, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क, आदि मा प्रवेश गर्दा ७ माघबाट कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने उल्लेख छ । खोपकार्ड मोबाइलमा फोटो भएपनि हुने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्