Logo

एमाले नेता श्रेष्ठले लिए राजनीतिबाट सन्न्यास



काठमाडौं, पुस २८ । नेकपा (एमाले)का नेता जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविच्छिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।’ नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट आफूलाई सर्वसम्मत नबनाइएपछि श्रेष्ठ असन्तुष्ट थिए।



प्रतिक्रिया दिनुहोस्