Logo

मेडिकल काउन्सिलका कर्मचारी कोरोना संक्रमित, नियमित सेवा प्रभावित हुने



काठमाडौं, २८ पुस । कोरोना भाइरसको संक्रमणको दर पछिल्ला केही दिनमा निकै बढिरहेको छ । यसै क्रममा आज नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा पनि कोरोना संक्रमण पृष्टि भएको छ । कर्मचारीलाई संक्रमण पुष्टि भएपछि काउन्सिलले दिँदै आएको नियमित सेवामा प्रभाव पर्ने जनाइएको छ ।

आज एक सुचना जारी गर्दै काउन्सिलले आगामी १० दिनको लागि नियमित सेवामा केही ढिलाई हुने जानकारी दिएको हो । काउन्सिलको अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको काउन्सिलले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्