Logo

गायक यम बरालले दोस्रो विवाह गरेकी गीता को हुन् ?



काठमाडौं, २८ पुस । बिगत १० वर्षदेखि एकल जीवन बिताउँदै आएका चर्चित गायक यम बरालले दोस्रोपटक विवाह गरेका छन् । पुर्वपत्नी आकृति राणासँग २०११ मा सम्बन्ध विच्छेद गरेका बरालले दोस्रोपटक गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग मंसिरमा विवाह गरेका हुन् ।

गीता नेपाली कांग्रेसको राजनीतिमा क्रियासील छिन् । उनीहरुले यही मंसिरमा विवाह गरेका खबर बाहिरिए पनि बरालले भने विवाह बारे केही बताएका छैनन् ।

गीता कांग्रेसको १४औं महाधिवशेनमा महिला खुल्ला तर्फबाट बाग्मती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । उनी पराजित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot