Logo

योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने



एजेन्सी, २८ पौष । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने सम्भावना बढेको छ । उनले राम मन्दिर बन्दै गरेको अयोध्या क्षेत्रबाट चुनाव लड्ने सन्देश दिएको इन्डियन एक्सप्रेसले लेखेको छ ।

योगी हिन्दुत्वको मुद्दा उठाउने मुख्य नेता हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्य मुद्दामध्ये हिन्दुत्व नै हो । योगी हिन्दुत्वको मुद्दाका लागि भाजपाका मुहार हुन् ।

योगीको अयोध्याबाट चुनाव लड्ने इच्छा भएपनि निर्णय भाजपा नेतृत्वले लिनेछ । यागीको मुख्यमन्त्री कार्यकालमा अयोध्यामा राम मन्दिर निर्माण सुरु भएको छ ।

आगामी महिनाबाट उत्तर प्रदेशमा विभिन्न चरणमा विधानसभा चुनाव हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्