Logo

पौने ६ अर्बका लागि दुई अर्बपतिको लडाईं



काठमाडौं, २८ पौष । नेपालका दुईजना अर्बपतिको अदालती लडाईंले रोचक मोड लिएको छ । यसरी विवाद गर्ने अर्बपतिहरु हुन् बिनोद चौधरी र मोतीलाल दुगड ।

चौधरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । दुगड एमाले उद्दोग विभागको प्रमुख छन् । दुवैले आर्थिक रणनीतिका साथ दलहरुमा संलग्नता देखाएको बुझिन्छ ।

चौधरी र दुगडको द्वन्द्वका नेपाल बँगलादेश बैंकको शेयर खरिदमा पनि चल्दै आएको छ । दुगडले बिनोद चोधरीलाई नेपाल बँगलादेश बैंकले शेयर विक्री गर्न लाग्दा मुद्दा दायर गरेका थिए । बैंकले शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढाइसकेको भन्दै चौधरीलाई विक्री गर्न रोक लगाउने माग गर्दै अदालतमा मुद्दा हालेकोमा आज तत्काल विक्री नगर्न आदेश जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले विपक्षीबाट लिखित जवाफ माग्दै नआएसम्म शेयर खरिद विक्री नगर्न आदेश दिएको हो । अब सात दिनभित्र विपक्षीले जवाफ दिनुपर्नेछ ।

मुद्दा दायर गर्ने दुगड सनराइज बैंकका अध्यक्ष हुन् । उनले नेपाल बँगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरले खरिद गर्न प्रस्ताव गरी स्वीकृती समेत पाएर प्रक्रिया बढेको दाबी गरेका छन् ।

बँगलादेशको बैंक अफ आइसीएसफसीको नेपाल बँगलादेशमा रहेको पौने ६ अर्ब रुपैयाँ बराबरको लगानीको शेयर विक्री गरेर फर्कन लागेको थियो । उक्त शेयर चौधरीलाई विक्री गर्न लाग्दा रोकावट आएको छ ।

चौधरीले बँगलादेश बैंकले नबिल बैंकसँग मर्ज गराउने तयारीका साथ यस्तो आर्थिक रणनीति चालेका थिए । त्यसमा दुगडले पनि आफ्नो आर्थिक रणनीति चालेका छन् ।

दुई अर्बपतिको अदालती लडाईंले तत्काल बँगलादेशको बैंकको लगानी फिर्ता नहुने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्