Logo

‘ब्लाइन्ड डेट’ मा गएकी महिला लकडाउनका कारण पुरुषको घरमै अड्किइन्



एजेन्सी, पुस २९ । चीनमा ब्लाइन्ड डेटमा गएकी एक महिला आकस्मिक रूपमा लगाइएको कोभिड लकडाउनका कारण भेट्न गएको एक पुरुषको घरमा फसेको बताइएको छ।

वाङ नामले चिनिएकी ती महिलाले ती व्यक्तिको घरमा खाना खान गएको बेला लकडाउन भएको गत साता चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा सार्वजनिक गरेकी थिइन्। चिनियाँ नयाँवर्षअघि आफू ग्वाङ्जोबाट जेङ्ग्जो गएको आफ्नो पोस्टमा उल्लेख गरेकी छन्।

‘मेरो उमेर केही ढल्कँदो छ, त्यसैले मेरा आमाबुवाले मेरा लागि १० जनाभन्दा बढी व्यक्तिसँग ब्लाइन्ड डेटको व्यवस्था गरिदिनुभयो,’ उनले भनेकी छन्। वाङका अनुसार उनले भेटेका ती पाँचौँ व्यक्ति रहेको बीबीसीले उल्लेख गरेको छ ।

ती व्यक्तिले आफू पाककलामा कुशल भएको भन्दै उनलाई घरमा सँगै खाना खान बोलाएका थिए। तर खाना खाँदै गर्दा उनीहरूले त्यो ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण बढेका कारण आपत्कालीन लकडाउन घोषणा भएको थाहा पाए। त्यसपछि उनी त्यहाँबाट केही दिन बाहिर निस्किन पाइनन्।

वाङले सञ्चारमाध्यमलाई बताएअनुसार उनी चार दिनसम्म ती व्यक्तिको घरमा अड्किएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्