Logo

नारायणहिटी दरबार संग्राहलयमा रेष्टुरेण्ट निर्माण प्रकरणमा योगेश भट्टराईले मुख खोले : अदालतमा मुद्दा हाल, म बयान दिन जान्छु (भिडिओसहित)



काठमाडौं, २९ पुष । नेकपा (एमाले) का सचिव तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार संग्राहलयमा क्याफ्टेरिया निर्माण प्रकरण आफ्नो कुनै गल्ती नरहेको स्पष्ट पारेका छन् ।

उनले उक्त प्रकरणमा आफूसँग सोध्ने हो भनेपनि जवाफ दिन तयार रहेको बता । बहालवाला पर्यटनमन्त्री प्रेम आलेले तपाईलाई कारबाही गर्नुभयो भने के गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने–‘के कारबाही गर्ने ? साधुलाई चोरले गोली हान्ने ? साधुलाई के चोरले छुरी चलाउने ? गर ठीक छ, म त ओपन्नली भनिरहेको छु, तिमीले सोध्ने अधिकार छ भने तिमीले सोध, कसले सोध्ने अधिकार छ, त्यसले सोध्ला । अदालतमा मलाई मुद्दा हाल, म बयान दिन जान्छु नि । म त सार्वजनिक मान्छे हो, म भाग्छु त ?’

हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कसैले आफ्नो विरोध गर्दैमा आफू नभाग्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्