Logo

बारको आन्दोलनले सफलताको खुड्किलो पार गर्दैछ, ७० प्रतिशत निकास निस्किसकेको छ : उपाध्यक्ष भट्टराई (भिडिओसहित)



काठमाडौं, २९ पुष । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले आफूहरुको आन्दोलन नतुहिएको र फुस्सा नभएको स्पष्ट पारेका छन् । उनले अहिले ७० प्रतिशत निकास निस्किसकेको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा दिनुपर्ने माग मात्रै बाँकी रहेको र बाँकी सबै माग पूरा भएको जिकिर गरे ।

उनले आफूहरु राजनीतिक दलहरुको सहयोग माग्न नगएको बरु बारको आन्दोलन र अदालतभित्रको अहिलेको अवस्थाबारे ध्यानाकार्षणमात्रै गराएको स्पष्ट पारे ।

उनले आफूहरुले अदालतभित्रको विकृति र विसंगतिको बारेमा मात्रै अवगत गराएको सुनाए । उनले आन्दोलन जारी रहेको र यसले सफलताको खुड्किलो पार गर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot