Logo

गुरुङले निर्वाचन क्षेत्र कार्यक्रमकाे दुई करोड कहाँ-कहाँ विनियाेजन गरे ?



लमजुङ,२९ पुस : पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लमजुङ निर्वाचन क्षेत्र ‘ख’ को योजना छनाेटसँगै बजेट विनियोजन गरिएकोे छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीसुव्वा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि दुई करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

‘ख’ मा पर्ने ४ वटा स्थानीय तहका लागि बजेट विनियोजन गरिएको हो । निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत सबैभन्दा धेरै बजेट सुन्दरबजार नगरपालिकालाई परेको छ । सुन्दरबजार नगरपालिकाको नौ वटा योजनाका लागि ५२ लाख बजेट पाएकाे छ ।

सुन्दरवजार नगरपालिका-१ को पातलवन बस्नेत गाउँखानेपानी योजनाको लागि ५ लाख, २ को देउराली वडा कार्यालयदेखि पुरक गाउँ बडहरे जाने बाटो निर्माणका लागि ५ लाख, ५ को श्री शक्ति तमु समाज भवनका लागि ६ लाख, ८ को कर्मरेखा भूपु सैनिक खेलकुदविकास समिति, बास्केटवल संरचनाका लागि ८ लाख रुपैयाँ, १० कोइरालाफाँट खानेपानी योजनाका लागि ६ लाख विनियोजन गरिएको छ ।

११ बुद्धि विकास आमा समूह भवनका लागि पाँच लाख, सुन्दरबजार ४ नयाँबस्ती कृषि तथा पशुपालन व्यवसायको लागि चार लाख, ३ अन्तर्गत देउतापानी बेसीबाट हात्तीगाडे सम्म मोटरबाटो निर्माणका लागि चार लाख र सुन्दरबजार ९ अन्तर्गत नमुना तमु ह्युला समाजका लागि नौ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

क्होलासोँथार गाउँपालिका भित्रका आठ वटा योजनाका लागि ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ । क्होलासोँथार ९ थल्जु तामाङ समूह भवनका लागि ५ लाख, सोहि वडाको शिवमन्दिर निर्माणका लागि ५ लाख, पुर्कोडाँडामा कार्यक्रम सञ्चालन मञ्च निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी क्होलासोँथार ५ सिङदीको बसपार्क र प्रतिक्षालय निर्माणका लागि ७ लाख, पर्यटकीय भुजुङमगाउँमा आन्तरिक बाटो निर्माणका लागि ७ लाख, ६ को गोरेटो बाटो निर्माणका लागि ५ लाख, ७ को बनस्थली माविका लागि १२ लाख र १ को पिकनिक स्पोर्ट निर्माणका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार मध्यनेपाल नगरपालिकाका ७ वटा योजनाका लागि ५० लाख विनियोजन गरीएको छ । जसमध्ये वडा नम्बर ८ को सयपत्री कृषक समूहका लागि ५ लाख, सूर्यपाल आमा समूहको भवन निर्माणका लागि ७ लाख, २ का दलित उत्थान पशुपालन कार्यक्रमका लागि ६ लाख, ६ काे बौद्ध सेवा समिति भवन निर्माणका लागि १० लाख रुपैया विनियोजन गरीएको छ ।

७ का पञ्चबुद्ध तमु समाज भवनका लागि १० लाख, १० को मदन आश्रित स्मृति भवनका लागि ७ लाख र ४ काे दलित सामुदायिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरीएको छ ।

बेँसीसहर नगरपालिकामा ६ वटा योजनाका लागि ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । बेँसीसहर ७ को जनचेतना आमा समूह भवन निर्माणका लागि ८ लाख,६ को सफल आमा समूह भवन निर्माणका लागि ८ लाख, १ स्थित सरातेकुवा युवा क्लव खेल मैदानका लागि १० लाख, २ को चिसापानीगाउँ सामुदायिक भवन निर्माणका लागि सात लाख, ७ काे उन्नतिशिल आमा समूह मैयुम दलित भवन निर्माणका लागि ७ लाख र बाख्रेजगत आन्तिरिक गोरेटो बाटो निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरीएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्

Screenshot