Logo

स्वास्थ्य राज्यमन्त्री खापुङको घोषणा– रोग नियन्त्रण बाहिर गए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्छ (भिडियोसहित)



काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कोरोना संक्रमण नियन्त्रण बाहिर गए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सचेत र सजग हुन आग्रह गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले लकडाउनले देशको आर्थिक अवस्था कमजोर बनाउने हुँदा स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न सबैमा आग्रह गरेका हुन् ।

यस्तै, सरकारले फ्रन्टलाइनमा काम गर्नेको लागि तेस्रो मात्रा खोप लगाउन तयारी थालेको जानकारी दिए ।

उनले यसअघी जस्तो अस्तव्यस्त स्थिति हुन नदिन सरकारले काम गरिरहेको समेत बताएका थिए ।

साथै, खुला सिमा–नाका भएको कारण कोरोना रोकथाममा सरकारलाई केहि समस्या भएको बताउदै उनले यसलाई रोक्न सरकारले सम्पूर्ण प्रयास गरिरहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्