Logo

अन्टार्टिकामा पाइने हिमाली लाटोकोशेरो वासिंगटन घुम्दै



एजेन्सी, पुस २९ । अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो ।

हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो । सो लाटोकोशेर वासिंगटनको क्यापिटोल हिल, युनियन स्टेसन, नेसनल पोस्टल म्युजियम र अमेरिकी संसदका भवनहरुका साथै प्रहरी मुख्यालयमा देखिएको छ ।

बस्दाखेरी फुटबल आकारको गोलो देखिएको चम्किलो आँखा भएको सो चरालाई तस्विरमा कैद र हेर्ने क्रममा गत साता दर्जनौं मानिसहरुको क्यामेरा र बाइनाकुलर हिउँले ढाकेको थियो । रेल स्टेसनको प्रवेशद्धारमा ग्रीकका प्रख्यात गणितज्ञको मूर्तिको टाउकोमाथि सो लाटोकोशेरो बसेको थियो । जलवायु परिवर्तनका कारण हिमाली लाटोकोशेरो सहरमा निर्वाध डुलेको विज्ञहरुले बताएका छन् ।

‘जलवायु परिवर्तनका कारण अन्टार्टिकाबाट हिउँमा बस्ने लाटोकोशेरो मानिसहरुको घना बस्ती भएको ठाउँमा आउन थालेका छन्, ’ गैरसरकारी परियोजना स्नोस्ट्रोमका अनुसन्धानकर्ता स्कट विडेनसल भन्छन् । स्नोस्ट्रोमले हिमाली लाटोकोशेरका गतिविधिको पहिचान गर्दै आएको छ ।

हरेक हिउँदको मौसममा केही लाटोकोशेरा दक्षिणमा बसाइँ सर्ने भए पनि तथ्यांक भने यकिन नभएको उनी बताउँछन् । करिव तीनदेखि पाँच वर्षयता लाटोकोशेरोको मुख्य खानेकुरा लेमिङ ९मुसोजस्तो जनावर० को संख्या घटेसँग हिउँमा बस्ने लाटोकोशेरा बसाइँ सर्ने क्रम बढ्दो छ ।



प्रतिक्रिया दिनुहोस्