Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं,२९ पुस। बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने लमजुङ मर्स्याङदी गाउँपालिका-५ घर भएका ५२ वर्षीय प्रेम बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७५ माघ २९ गतेको फैसलाले ५ दिन कैद र नगद १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको उक्त महाशाखाले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्