काठमाडौं, २९ पुस । सहिद स्मिार ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत भोली (शुक्रबार)बाट नवौँ चरणका खेलहरु सुरुहुने भएका छन् ।
नवौँ चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा एन्फाले जनाएको छ ।
शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाल एपीएफ क्लब र हिमालयन शेर्पा क्लब बीच प्रतिष्पर्धा हुनेछन् ।
दोस्रो खेलमा मनाङ मर्याङ्दी क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् ।
यस्तै, माग एक गते हुने पहिलो खेलमा फ्रेन्डस क्लब र त्रिभुवन आर्मी क्लब बीचको खेल हुनेछ ।
दोसा्रे खेलमा भने थ्री स्टार र संकटा क्लब खेल्नेछन् ।
साथै, माघ दुई गते ब्रिगेड व्याइज क्लब र मछिन्द्र एफसी तथा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
नवौँ चरणको अन्तिम खेलमा माघ तिन गते एनआरटि र जावलाखेल बीच प्रतिष्पर्धा हुनेछ । तस्विरः एन्फा




प्रतिक्रिया