Logo

नेपालमै बनेको स्याटेलाइट ‘स्यानोस्याट-१’ आज प्रक्षेपण गरिँदै



काठमाडौँ, २९ पुस। नेपाली स्याटेलाइट ‘स्यानोस्याट–१’लाई बिहीबार राती ९ बजेर १५ मिनेटमा स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ । विश्वकै धनी इलोन मस्कको कम्पनी स्पेस–एक्सको उक्त रकेटबाट नेपालमै निर्मित स्याटेलाइट अन्तरीक्षमा पठाइन लागिएको हो ।अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको २५० ग्राम तौलको उक्त स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्ने जनाइएको छ ।

स्पेनी कम्पनी फोसा सिस्टम्समार्फत उक्त स्याटेलाइट प्रक्षेपणको लागि स्पेस(एक्समा पठाइएको हो । यो स्याटेलाइटको लन्चिङ खर्च चाहिँ ४० लाख रुपैयाँ लागेको थापाले जानकारी दिए । ओरिएन स्पेसका रिसर्च तथा डेभलपमेन्ट इन्जिनियर जितेन थापाका अनुसार नेपाली समयानुसार ९ बजेर १५ मिनेटमा स्याटेलाइट रकेटमार्फत कक्षतर्फ पठाउन लागिएको छ । स्यानोस्याट–वान अन्तरीक्षमा पठाउन लागिएको दोस्रो र नेपालमै निर्मित पहिलो भू–उपग्रह हो । सोही रकेटमा अन्य मुलुकले निर्माण गरेका स्याटेलाइट पनि पठाइने भएको हो ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्