Logo

प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई



काठमाडौँ, २९ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot