काठमाडौं, २९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई १६२ रनको चुनौति दिएको छ ।
क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा १६१ रन बनाएको छ ।
लुम्बिनीका लागि देव खनालले सर्वाधिक ५४ रनको योगदान गरे ।
यस्तै, बसिर अहमद र सन्दीप रजालीले समान ३०÷३० रन बनाउन सफल भए ।
प्रदेश २ का लागि विवेक यादव र रुपेश सिंहले समान दुई÷दुई विकेट हात लिए ।
साथै, महबुब आलम, हरिशंकर साह र विशाल सुसलिङले समान एक÷एक विकेट लिए ।




प्रतिक्रिया